Tuesday, October 6, 2009

On Bijaula


“Bijaula” is a phenomenal venture, and a debut tour de force by young author. It is an extra ordinary exploration into the heart of humanity with existential and pragmatic underpinnings. Nirmal has shown us a plethora of richly disorganized elements of life that we casually tend to avoid, but actually constitute the real elixir of life. A must read.
श्रृंखलाहीन उपन्यास
एउटा युवकको सपनाको खजाना के-के हुन सक्छन् शैलीयुक्त प्रेमिका शानको रामझुपडी दायाँतिर वनस्पति-उद्यान बायाँतिर स्विमिङ पुल अनि साँझमा प्रेमिका दियो बाल्न निहुिरंदा प्रेमी कार्यालयबाट एक्लै मोटरमा फर्कंदै हुन्छ र ढोका खुल्छ गाडी ग्यारेजतर्पु जान्छ । युवकको सपनाको कार्पेट आकाशमा असंख्य मातहरु झुन्डिएका छन् दिनको प्रहरमा रुखमा झुन्डिरहेका चमेराजस्तै गरी । कटहरको रुखमा बचेरा फलहरु टाँगिएझैं ।आम युवाको एकरुपतादेखि पृथक् भंगिमा र आचारको यो युवक भीडमा बसेर पनि एक्लो छ मध्याह्नको घाममा बसेर निर्जन रातका चिसा पुूलहरु बटुलिरहेको हुन्छ । भनेजस्तै- चाहेजस्तै प्रेमिका आरक्षित गरेर ऊ आपुूलाई उल्झनमा धकेल्छ -
गुलाफको महŒव गुलाफ आफैंले थाहा पाउँदो हो त फेरि गुलाफ-गुलाफ हुन सक्ने थिएन । पानीको सम्बन्धबारे माझीले के नै बताउन सक्छ- जति माछाले भन्न सक्छ । भ्रमको आवरणमा युवक सास्तीको भोगक्रमतर्पु उद्दीप्त हुन्छ । आकाशको जून हातमा परेपछि सुनारले चाँदी सम्झेर गलाउँछ भोकोले रोटी ठानेर मुखमा हाल्छ बिछोडको वेदनाले थला परेको प्रेम पुजारीले पायो भने अश्लीलतारहित चुम्बन गरेर सायद ह्दयमा सजाउँछ । लौकिक िसंहासनमा जूनको विराजमान अद्वितीय र अलौकिक हुन्छ होला ।युवक-सारा अध्ययनलाई कागजी व्याापार ठान्छ र मै हँु-भन्ने पदवालाहरुलाई समाजका निमुखा बबुरा ठान्छ । Çयाँक्छ पाठ्यक्रमको निरन्तर साङ्लोलाई र घृणा गर्छ पदको आलिसान धपेडीलाई । समाजका अगुवा विद्वान्् भनिनेहरुको दिनचर्यालाई हेर्न उनीहरुका भुयालसम्म पुग्छ र चोर दृश्य Çयाँक्छ- कोही टिभी हेरिरहेका छन्- चुरोट पिइरहेका छन्- घाम तापिरहेका छन्- श्रीमतीसँग छिल्लिरहेका छन् श्रीमती भेषका युवतीहरुसँग लिसो प्रवृत्ति बढाइरहेका छन् । गजब छ- यिनीहरुको व्यस्तता र मिटिङको चर्चा । युवक जिल्ल पर्छ- समाजको यो रिवाज देखेर ऊ आपुूलाई त्यस ढर्रामा आवाद गर्न चाहन्न र शंखघोष गर्छ -एउटा नयाँ जीवनको सूत्रपातःयुवकको स्थूलतालाई हेर्ने हो भने- ऊ मेवाको रुख हुन सक्छ - केराको प्रजाति हुन सक्छ अथवा पिसाब नाइट्रोजन युक्त बाली हुन सक्छ - ऊ हलक्क बढेको छ । ँहाडशाला’ बोकेर ऊ पाठशालामा सु-सु गर्छ अनि विरोधको मनोवादमा अल्झन्छ - ूशिक्षामा क्रान्ति- फगत भ्रान्तिू ।
युवक आपुू पढेको शिक्षालयका भित्तामा दृश्य टाँग्छ- चुनावमा हारेको नेताको विजयी गान त्यहाँ हुन्छ वा सम्पन्न कार्यक्रमको सूचना हुन्छ- शब्दशः पढेर युवक भित्तामा मीठो पानीको मीठो रस लोभ मानीमानी थुक्छ । यो शान्त देशका अशान्त नाविकहरु सम्झेर कु-कु स्टाइलमा तुक्र्याउँछ र घरविहीन गन्तव्य समाउँछ ।युवक उही दृश्यपातमा फरक परिणाम देख्छ - नेपालको नेता विश्वको ग्लोब हातमा घुमाउँदै खोजिरहेको आÇनो देश- कहाँ छ भनेर पहिला भारत वा चीन भेट्छ- अनि ँनेपाल’ नाम जेनतेनले अटेको मसिनो भूभाग कोट्याउँछ । उता एक अमेरिकी नेता ग्लोब हातमा घुमाइरहेको छ- विश्व एक बनाउनलाई । एउटै-उही ग्लोब लिएका फरक दुई पात्रको योगफल सम्झेर युवक बिस्ट्याउँछ र अघि बढ्छ ।प्रकृतिको विराट् बस्तीमा- फराकिलो ह्दय पालेर युवक सगरमाथाको उचाइ र गरिमासँगै झर्छ वाग्मतीको किनारमा र् यािÇटङका लागि । भर्खरै स्विमिङ सकेका बाँदरहरु घाममा बसेर आÇनो शरीरका बिबिरा कन्याउँदै थिए- वाग्मतीको शक्ति दैवीशक्तिभन्दा घना छ- तत्काल तथास्तुको प्रभाव जघन्य छ । बिचरा महादेव माथितिरको डाँडामा पार्वती लिई छट्पटिइरहेका होलान् तारबारमा घेरिएर । कृष्णसारको उप्रुाइले दिक्दारी निक्कै थपेको छ होला युगल जोडीलाई ।
युवक दिमागमा दर्शन कोचेर गाँसका लागि आन्द्राका भित्ताहरुसँग युद्धरत हुन्छ- परिवार भन्छ ँयसको आन्द्रा नै साँघुरो भइसक्यो ¤ू उसलाई परबाह छैन आन्द्राको स्थितिप्रति- बरु फटाफट सडकलाई छोट्याइरहन्छ भर्खरै किनेको नामी-महँगो ब्रान्डको जुत्तालाई रत्नपार्कबाट सस्तो दाममा किनेको झैं भ्रम उत्पन्न गराई तलुवा भँगेराको बच्चाजस्तै निर्दोष मुहार लिई कान्छी औंला चियाउँछ । उसलाई गन्हाउने मोजा मन पर्दैन ऊ रोगी छ सायद त्यसैले उसले महिनौंसम्म पनि उही मोजा लगाइरहँदा मोजा मैलो भई रिसाउँछ । तर युवक बास्नादार नाक लिई सडक-साथ िहंडिरहन्छ । सम्झन्छ- अजीव जीवन लादेर धमिलो खोलाछेउ पुूलमुन्तिर निःशुल्क पार्कहरु अँध्यारा- साँघुरा गल्लीहरुमा सुलुत्त केश कोरेका चुल्ठो बाटेका मनुवाहरु जो डेन्ट्राइटको पोकोलाई फुक्दै- सुँघिरहेका हुन्छन् । पुरोहितले कर्मकाण्डमा दोहोर् याउने ँयानि कानि च पापािन’को मन्त्रझैं । शुद्धीकरणको प्रकि्रयामा तल्लीन ती लट्ठकहरुबारे यस्तो पनि सुनिन्छ- उनीहरु लामो समयसम्म लगाइराखेको मोजालाई होसपूर्वक निचोर्छन् र पिउँछन्… ओ हो- युवक निसास्सिन्छ । ती कालो भविष्य बोकेका अगुल्टेहरुदेखि । क्षणभंगुरतामा जीवनको दलदल मान्ने त्यो सिमसार बस्तीमा ठमेलका प्राचीन योगशाला उर्पु मसाज उर्पु यौनकि्रयाको झिनो बोर्ड टाँगेर बसेका रसहीन आइमाई्रहरु प्रत्येकपल्ट नवीन आविष्कारझैं- नित्यकर्मको वर्तुलता ओढी बसेका हुन्छन् … यी सबैको बाध्यता- विवशता र दिनचर्या कहालीलाग्दो छ… गाउँमा आलुबखडा खाई रमाइरहेको युवकलाई । उसका साथीहरु आरुका पुूल हेर्दै आÇनो भविष्यको ज्यातिषी आफैं बन्छन् बिहानको शीत टेक्छन्… खेत बाँझो छ- भविष्य बाँझो छ- ज्ञानको हलो जोत्नु छ । यावत् क्रम- उपक्रममा गाउँले जीवन बित्दो छ ।युवक- सहरको डिलमा उभिई एकटकले गम्छ- सहरमा सरहरु बसोबास गर्छन्् । सरहरु पढेका हुन्छन्- राम्रो स्कुलमा विश्वविद्यालयमा-अति मेहनतका साथ त्यसैले त ठूलो पदमा छन्- पुग्छन् । उनीहरुको स्वभाव र दक्षतामा प्रश्नचिह्न उठाउनु गाह्रो कुरा हो परीक्षाको जटिलतालाई गणितको सूत्रात्मक शैलीद्वारा हल गर्छन््- यसलाई चिट चोर्ने भन्नु हुँदैन यो नै कडा परिश्रम हो सिलिङमा टुप्पी बाँधेर पढेको प्रमाण हो । परीक्षामा सोधिने छोटा प्रश्नहरुको उत्तर युवतीहरुले लगाउने छोटा पहिरनको उतार-चढावमा आधारित हुन्छ । सायद कानुन पनि उत्तरआधुनिक भइसक्यो गर्भपतनको स्वतन्त्रता अधिकार लिपिबद्ध भइसकेको छ । भर्जिन मेरीहरुको मनोरम बस्ती भनिदिए हुन्छ- कलेज विद्यालय र बि्रजकोस्र बढाउने शिक्षालयहरुलाई ।
एउटा सतत् अभ्यास त्यहाँँब्ााट प्रारम्भ हुन्छ- अभिभावकलाई खाँचो छ ज्ञानको दियो बाल्नुपर्छ हो त्यो यही येन केन प्रकारेण रुपमा विकासोन्मुख गतिमा छ । सहरमा प्राकृतिक लयलाई बिसा्रउने कृत्रिमता छ… उही भाव र सौन्दर्यमा रबरका पुूलहरु Çलावर स्टेसनमा विक्रीका लागि राखिएका छन् । ती पसलमा केवल मान्छेहरुको भीड हुन्छ- जो सहरिया कहलाउँछन् युवक चकित छ- किनकि पुूलको ती आम ँस्टेसन’ हरुमा भवरा र पुतली कहिल्यै गएका छैनन् ।गाउँमा एकाबिहानै केराको भुरुली चुस्न आउने माहुरी पुतली र भवराको लुकिछिपी दौडलाई यी पुूल केन्द्रहरुले जितेका छन्- यसलाई ँह्याटि्रक’ भनिन्छ ।
युवकको तीक्ष्णता बेबुझको छ-त्यसैले ऊ चल्तीको फास्टफुडमा प्रवेश गर्छ । आर्ट अफ लिभिङ सिकाउने चर्चित ँमोटिभेटर’ को आग्रहमा ऊ त्यहाँ पुग्छ- व्यस्त सडक किनारामा गाडी रोकेर तरकारी सेल र जेरीस्वारीको फर्माइस फटाफट हुन्छ- युवक केलाउँछ- केराउका दाना जहाँ ऊ पाउँछ- चारवटा मृत ँघुन’हरु सुँडसहित पल्टिएका छन् । केराउ मालिक सफल उद्यमी हुनुपर्छ किनभने उसले तरकारीमा घुनजस्तै झट्ट छुट्याउन नसकिने रङ्कमा जिरालाई डढाएको छ । युवकका निम्ति यस्ता घटनापरिघटनाहरु सामान्य दायराभित्र पर्दछन् चक्रपथभित्रका गर्विला बासिन्दाजस्तै । युवक मनमनै सोच्छ -वाह ¤ ँआर्ट अफ लिभिङ’ लाई ँआर्ट अर्पु इटिङ’ को ट्युसन जरुरी रहेछ ।
व्यवहारतः चुक्ने कलालाई आÇनो सफलताको कडी ठान्ने भगुवा-मूर्खहरुको बस्ती बाक्लो हुन्छ- जहाँ जनघनत्व पनि बढी हुन्छ । कोट-टाइको चिरिच्याँट्ट शैलीमा तल इँजार झुन्डाउँदै हाफ पाइन्ट लगाउने यस्ता सकारात्मक सोचका हल्दारहरु सहरी विकासक्रममा उद्योगी व्यवसायी प्राज्ञिक राजनीतिज्ञ आदि नामले पुजिन्छन् । यिनीहरुको एउटै अभीप्सा हुन्छ- भीडलाई आपुूकेन्द्रित बनाई आत्मराजना खोजिरहने । यस्तो दुर्लभ प्रकृति बोकेका यी सकारात्मक सोचका हनुमानहरु आÇनो इज्जतलाई लापरबाहीपूर्वक हातमा लिई िहंडिरहेका हुन्छन् । किनकि यिनीहरुको तालुमा चिन्तनको खडेरी सदा-सर्वथा टल्किरहेको हुन्छ- जस्तापातालाई माथ खुवाउनेगरी । खल्वाट यी चिन्तकहरुको मानसिक रुग्णताप्रति युवक चकित छ- वाह ¤ क्या जीवन जिउने शैली । सहरको योगदान अकथनीय छ-आधुनिक सुविधसम्पन्न डिजिटल एड्भान्स आदि । तर्कहरुको आडमा सल्बलाइरहेको छ- चर्पीका सेता चुलबुले किराहरुझैं । सहरमा चुलबुल माछाका भुराहरु पौडेको देख्ने लख काट्छ युवक । आधुनिक समाज यति भययुक्त छ कि - सुनसान घरको गेट बाहिर कुकुरदेखि सावधान टाँगेर मालिक घरबाहिर काममा गएको छ । प्राचीनता बोकेको समाज खेती सुरक्षाका लागि ँभैयाउने’ खेतका गरामाझ ठड्याउँछ । अकारण युवक सोचको सुरुङमा प्रवेश गर्छ । भएको मांसनली काँतर हृदयको तालमा तैरिरहेको हुन्छ । श्रीमान्् कमाउन िहंडेका पतिरहित घरहरुको विचरण ः युवकको लागि अचम्मित तर सत्य कुरा यो हो कि प्रायशः पत्नीहरु लक्ष्मणरेखा अस्थायी साधनको प्रयोगद्वारा मिचिरहेका हुन्छन् । आँकडाको परिणाम पनि गजबको छ … ब्याजसहितका भन्टाङभुन्टुङ भुराहरुसहित सभ्य र सुसंस्कृत व्यक्तिहरु बेचैनपूर्वक घर बसालिरहेका छन् । निर्दोष सन्तानहरुको भविष्यले आमाको कर्तुत भेट्यो भने कस्तो भंगिमा लगाउँछ होला अपूर्ण पिताको खोजीमा भौंतारिरहने धेरै सहयात्रीलाई युवकले चिनेको छ ।
रगतको खोजी - पहिचानको खोजी बनेर सन्तान आलस्य बाँडिरहेका छन्- आÇना लोभलाग्दा दिनचर्यामा ।युवक यसलाई सतत प्रकरण सम्झन्छ विरोधाभाषको लेस उसमा छैन । विवादको आँकडा उसको परिधिमा टिक्न गाह्रो पर्छ हम्मे-हम्मे लिएर बाँचेका उसका आत्मीयजनहरु युवकप्रति बिरक्तिएर पनि आकर्षित छन् । सामान्य जीवनमा असामान्य स्वभाव लिई युवक समकालीन समाजमा अवतरण गरेको छ । ऊ आपुू मद्यपान र धूम्रपानको अम्मली छैन सेवनकर्ता उसका साथीहरुलाईलाई सम्मान गर्छ । आपुू झुठो बोल्ने भएकोले उसलाई अरुले झुठो बोलेको मन पर्दैन । थाहा भएसम्म ऊ शाकाहारी हो हरियो सागपातलाई ऊ घाँस सम्झन्छ र भन्छ- म गाईबस्तु बन्न चाहन्नँ । फेरि ऊ ुँफिसिङ’को मर्यादित अगुवा हो लामका साथीहरुलाई जितेर आÇनो सिल्ली भर्छ कुखुरा कटान सम्वेदनशीलपूर्वक गर्छ- बारबिक्यूमा मसालेदार फल मासुलाई यसरी सेक्छ कि ऊ महान्् कुक हो यस युगकै प्रतिनिधि सेकुवा मास्टर हो । झट्ट हेर्दा एचआईभी पीडित टीबीग्रस्त लाग्ने युवकको काया छ मोटा-घाटा ह्ष्टपुष्ट समकालीनहरुलाई रोगको भकारी ठान्छ । डिस्कोमा सकि्रय सहभागिता जनाउँछ … तीज शैलीमा यताउति नाच्दै गर्दा कुनै सम्पन्न परिवारको सदस्यझैं भान हुने युवतीको वक्षस्थलमा दृष्टि टेकाउँछ ूनो सेक्स प्लिजू पढ्छ मोल बढाबढ गर्छ । टेन्डर हानथापमा युवक पछि पर्छ निन्याउरो अनुहार लिई युवक फर्कन्छ- साँघुरो कोठामा ओछ्यानमा सुतेको सपनालाई ब्यँुझाउँछ र निदाउँछ सदाको यान्त्रिकता लिएर ।स्कुलको चौरमा पढेर घर फर्केका विद्यार्थीहरु जब साँझमा पढ्न बस्छन्- घोप्ट्याइएको डोकोमाथिको धिप्धिपे बत्ती उज्यालोमा डाक्टर इन्जिनियर वा ठूलो मान्छे बन्ने कल्पनासहित पलेटी कसेर पढ्न थाल्छन् । ूपढ्दा आवाज निकाल्नुपर्छ ¤ू शिक्षकहरुको सुर्तीयुक्त मुस्कानले उर्दी गरेअनुरुप पर-परसम्मका छिमेकी भुयालका कानसम्म आवाज विस्तारित भएर जान्छ । त्यो विद्यार्थी आÇना शैक्षिक अखेटाहरु पार गर्दै उच्च शिक्षाका लागि सहर पस्छ । घरबेटीको घुमिरहने मिटरमा मनलाई मियोझैं बसाउँछ र चाडै निदाउँछ । घरबेटीको रबाफ यति साहासिक हुन्छ कि बहाल तिरेर बसेको भए पनि सित्तै धर्मशालामा बसेजस्तो व्यवहार गर्छ । त्यसैले विद्यार्थी भाग्छ- परीक्षाका सामग्रीसहित सडक बत्तीको उज्यालोमा । सुनसान रात सडक सहरको जस्तो भान हुँदैन यातायात न्यून छन् चहलपहल न्यून छ ।

Blog Archive